Latest
img

२०८० वैशाख ११-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज वि.स. २०८० साल वैशाख ११ गते सोमवार, सन् २०२३ अप्रिल २४ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह- आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे- रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो- समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते- आज सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु- कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द- आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि- दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

Related Post

Leave A Comment