भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई ज्ञापन पत्र - Nepal Frontline
Latest
img

भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई ज्ञापन पत्र

नवलपुर- अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरुद्धमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिब्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाइ पत्र बुझाएको हो । विपक्षी भगवती पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने , अन्तराष्टिय समुदायको कालो सुचीमा राख्नुपर्ने महासंघको माग छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्व्र ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डे ले गत साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्की द्धारा सञ्चालित चिया गफ कार्यक्रममा पाण्डेले तामांग र मगर जातिमा दाजुबहिनी विचमा विवाह हुने गरेको आरोप लगाएको थियो । त्यस्तो सम्वन्धबाट जन्मीएको बच्चा अपराधिक मानसिकताको हुने गरेको बताएका थिए । सोही विषयलाई लिएर नेपाल आदिवसाी जनजाति नवलपुर ,नेपाल तामांग घेदूंग , नेपाल मगर संघ लगायत जातिय संघको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय नवलपुरमा १ घण्टा धर्ना कार्यक्रम सहित ज्ञापन पत्र बुझाएको हो । कावासोती २ देवी चोक देखि जिल्लाका विभिन्न जातिय प्रतिनिधिहरुको सहभागितामा वृहत रयाली सहित विपक्षी भगवती पाण्डे मुर्दावाद , कारवाही गर जस्ता नारा लगाएर सिंगो आदिवासी जनजातीहरुले धर्ना दिएका हुन ।

धर्ना सहितको कोणसभा कार्यक्रममा नेपाल आदिवसाीि जनजाति महासंघ नवलपुर अध्यक्ष राम कुमार श्रेष्ठ , नेपाल तामांग घेदुंग नवलपुर अध्यक्ष बावुलाल तामांग , जिल्ला मगर संघ अध्यक्ष भुम बहादुर राई , थारु कल्याणकारी सभा अध्यक्ष राम प्रसाद महत्तो , तमु ह्युल छोज धि जिल्ला अध्यक्ष जगतकाजी गुरुंग लगायतले धारणा ब्यक्त गर्नुभएको थियो  । बोल्ने बक्ताहरुले सिंगो तामांग ,मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनिक अभ्यास माथि गलत ढंगले ब्यख्या गर्नुका साथै आनुवंशिक रुपमा नै अपराधिककरण गर्ने र मान्छेलाई जनावर संग तुलना गरि दिएको कपोकल्पीत ,भ्रामक र तथ्यहिन अभिब्यक्तिले सिंगो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेको बताएका थिए ।

पाण्डेलाई गलत अभिब्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि गत साउन ९ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको थियो । सो उजुरी दर्ता भएको लामो समय वितिसक्दा समेत निजलाई पक्राउ नगरेपछि प्रहरी परिसर टेकुमा नेपाल तामांग घेदुंग र नेपाल मगर संघले प्रहरी कार्यालय घेराउ गर्ने भने पछि साउन १७ गते विहान मात्र अभियुक्त भगवती पाण्डेलाई पक्राउ गरेको बताएका थिए । तर त्यसको जानकारी समयमा नपाउदा घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपुण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरि तिन दर्जन बढीलाई पक्राउ गर्नुका साथै पुरुष प्रहरीले महिला माथि कुटपिट गरि अमानवीय ब्यवहार प्रर्दशन गरेको सहभागिहरुको गुनासो छ । यसर्थ उक्क्त दिनको ड्युटी को आधारमा पहिचान गरि निजलाई उक्m ऐन बमोजिम हदै सम्मको सजाय एवम् विभागीय सजायको लागि आवश्यक आदेश तथा निर्देशन जारी गर्न महासंघले माग गरेको छ ।

 

Related Post

Leave A Comment