बस दुर्घटना हुदाँ २९ यात्रु घाईते - Nepal Frontline
Latest
img

बस दुर्घटना हुदाँ २९ यात्रु घाईते

नवलपुर- पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ मा बस दुर्घटना हुदा २९ यात्रु घाईत भएका छन् ।
धनगढी बाट काठमाण्डौं तर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ख २९८६ नम्वरको बस ब्रेक फेल भई सडक किनारमा पल्टन जाँदा बसमा सवार ३५ जना यात्रु मध्य २९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो । दुर्घटना आज बिहान अन्दाजी ३ बजेको समयमा भएको उहाँले बताउनु भयो । घाईतेहरुलाई उपचारको लागि दुम्कीवास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ । “घाईतहरु सवैको अवस्था मध्यम रहेको र अहिले उपचार भई रहेको छ” उपरीक्षक पौडेलले भन्नु भयो ।

दुर्घटनमा परि घाईते हुने हरुमा चालक–जिल्ला कैलाली धनगडी उ.म.न.पा.१ बस्ने बर्ष ४९ का मित्र सिंह खड्का ,लम्किचुवा न.पा.–०५ बस्ने बर्ष ५८ को पहलसिंह रावल ,जैसीपुर गा.पा.–१ बस्ने बर्ष ३० को दिपक ब.बोहोरा ,टिकापुर न.पा.–०१ बस्ने बर्ष ३० को करन साउद ,लम्किचुवा न.पा.–०१ बस्ने बर्ष २९ को अमर रावत , जिल्ला बर्दिया मधुवन न.पा.–०२ बस्ने बर्ष १८ की शोभा चौधरी ,जिल्ला कैलाली टिकापुर न.पा.–०१ बस्ने बर्ष १८ की पुजा चौधरी, लम्किचुवा न.पा.–०७ बस्ने बर्ष २९ को सुमन चौधरी , टिकापुर न.पा.–०५ जानकीनगर बस्ने बर्ष १६ की झरना देबकोटा ,वडा नं ०१ बस्ने बर्ष २५ को तारा मान ओढ, जैसिपुर गा.पा.–०७ बस्ने बर्ष २३ को पूर्ण बहादुर नुल ,जिल्ला बर्दिया बारा बर्दिया न.पा.–१० बस्ने बर्ष २० को प्रमोद थारु ,जिल्ला कैलाली टिकापुर न.पा.–०८ बस्ने बर्ष ३५ को झपड साउँद, बर्ष २१ को बिर बहादुर थापा , बर्ष १९ की निलम ठकुल्ला, बर्ष २८ को महेश दर्लामी मगर , जिल्ला रौतहट नैपाल्का गा.पा.वडा नं ०८ बस्ने बर्ष २४ को फिरोज आलम ,सह–चालक धनगडी उ.म.न.पा.३ बस्ने बर्ष ३५ को तिलक फुलारा , कैलाली लम्किचुवा गा.पा.१ बस्ने बर्ष १९ को दिपेस थापा , टिकापुर न.पा.१ बस्ने बर्ष १७ को रिचल चन्द , जैसीपुर गा.पा.–०४ बस्ने बर्ष २८ को सुरेन्द्र महरा, टिकापुर न.पा.–०१ बस्ने बर्ष ७० की लाली बि.क., बर्ष २५ कि अनिता बि.क., बर्ष २२ को आकास बि.क, टिकापुर न.पा.–०५ बस्ने बर्ष ३१ को कुर बहादुर दर्लामी मगर , बर्ष ६ की रश्मी दर्लामी मगर , लम्किचुवा न.पा.–०७ बस्ने बर्ष ७१ को माया प्रसाद न्यौपाने, वडा नं ०२ बस्ने बर्ष ३३ को रामकृष्ण चौधरी ,वडा नं ०५ बस्ने बर्ष २४ को चिरन कुमार चौधरी रहेको उपचारी भईरहेको छ ।

Related Post

Leave A Comment