भाद्र २६, २०८० मंगलबार
मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ सितापुरमा पशुचौपायामा जङ्गगली जनावरको आक्रमण वढ्न थालेको छ । आइतवार र सोमवार राती एकै क्षेत्रमा पाँच वटा बाख्रा र दुई वटा गाईलाई जङ्गगली जनावरले गोठमानै आक्रमण गरि मारेको हो । आइतवार राती शिखा थनेतले पालेका पाँच वटा बाख्रा चितुवाको आक्रमणबाट मरेको मध्यविन्दु नगरपालिका–२ का वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो । त्यसैगरी गएराति सोही स्थानमा बाघले दुई वटा गाई मागरेको छ । हेमकान्त चौधरीका गोठमा राती बाघले गाई मारेको वडा अध्यक्ष अधिकारीले बताउनु भयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वर्षेनी वन्यजन्तुको आक्रमणबाट पशुचौपाया तथा जनधनको क्षति हुने गरेको छ । त्यस क्षेत्रमा वन्यजन्तुको त्रास रहेको स्थानीयले बताएका छन् ।
Leave A Comment