Latest
img

प्रहरी कार्यालयद्धारा जफत सवारी साधन लिलाम बिक्री

यामु कुमाल

नवलपुर- जिल्ला प्रहरी कार्यालय नवलपुरले जफत भएका सवारी साधन लिलाम बिक्री गरेको छ । जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब गर्दै प्रहरी कार्यालयले लिलाम बिक्री गरेको हो । उक्त सवारी साधनबाट कार्यालयले ४१ लाख ४३ हजार ३३२ रुपैया राजस्व संकलन गरेको छ । प्रहरी कार्यालयले २ सय ७१ वटा सवारी साधन लिलाम बिक्री छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरको अध्यक्ष्तामा बसेको बैठकबाट उक्त निर्णय गरिएको थियो । उक्त निर्णय अनुसार नवलपुर प्रहरीमा जफत भएका सबै सवारी साधन प्रक्रियाअनुसार लिलाम बिक्री भइसकेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, यातायात व्यवस्था कार्यालय, नवलपुर जिल्ला अदालतका प्रतिनिधिको सहभागी रहेको थियो । जफत भएका सवारी साधन प्रयोगविहिन बनाएर राख्नु भन्दा ऐन अनुसार लिलाम बिक्री गर्दा उचित हुने भन्दै कार्यालयले उक्त कदम चालेको जनाएको छ ।

Related Post

Leave A Comment