![](https://nepalfrontline.com/wp-content/uploads/2024/05/Pragatinagar-Ads-1024x768.jpg)
कावासोती- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नम्बर ६ ले चालु आर्थिक वर्षको विकाश निर्माण एवं सेवा प्रवाहाका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा वडा नं.६ बाट सम्पादन भएका कार्यक्रम तथा सेवा प्रवाह सम्वन्धी सार्वजनिक सुनुवाई गरिएको हो ।
चालु आर्थिक वर्षमा कावासोती नगरपालिका वडा नम्वर ६ मा पूर्वाधार विकास तर्फ ३७ लाख पाँच हजार बरावरको योजना सम्पन्न गरिएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनु भयो । त्यसैगरी सामाजिक विकास तर्फ पाँच लाख ७० हजार , आर्थिक विकास तर्फ आठ लाख ५५ हजार, वन वातावरण तथा विपद व्यबस्थापन तर्फका दुई लाख ८५ हजार, सुशासन तथा संस्थागत विकास तर्फ दुई ८५ हजार, शहरी शासकीय पूर्वाधारविकास तर्फका ७० लाखका योजना चालु आर्थिक वर्षमा सम्पन्न गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
“नगरस्तरिय योजना अन्तर्गत ४५ लाखको लागतमा १३ सय ८० मिटरको कृषि सडक अन्तर्गत माझ कुलो नाला निर्माण गरिएको छ” वडा अध्यक्ष थापाले भन्नु भयो “त्यसैगरी १५ लाखको रंगशाला निर्माण, दुई लाखको बाटो ग्राबेल, २० लाखको विष्णुनगर पूर्व कालोपत्रे, २४ लाखको केरुङ्गेखोला सिंचाई मर्मत, १० लाखको पूर्वटोल नाला निर्माण, १५ लाखको कभर्डहल निर्माण लगाएतका योजनाहरु सम्पन्न गरिएको छ ।”
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले वडा कार्यालय वन्न नसकेको , कृषिमा भएको समस्या, युवा तथा खेलकुदका गतिविधि, सिप मुलक तालिम लगाएतका विषयमा जिज्ञाशा राखेका थिए । वडा कार्यालय वाट चालु आर्थिक वर्षमा भएका कार्यप्रगति का बारेमा वडा सचिव महेन्द्रप्रसाद बस्ताकोटीले प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमनाथ सुवेदी , दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटि सदस्य गोमा नेपाली, नेपाली काग्रेस कावासोती नगर सचिव झविन्द्र काफ्ले ,नेपाली काग्रेस कावासोती नगरपालिका वडा नम्वर ६ का वडा सभापति दिपेन्द्र बस्याल, नेकपा एमाले कावासोती नगरपालिका वडा नम्वर ६ का वडा कमिटि कार्यवाहाक अध्यक्ष सरस्वती सापकोटा, नेकपा माओवादी प्रतिनिधि प्रेमप्रसाद पाठक, राप्रपा का प्रतिनिधि रेशम काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टिका प्रतिनिधि वालकुमार भुसाल, विष्णुनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण लाल खनाल, विष्णुनगर कृषि सहकारी अध्यक्ष खुमकान्त गौडेल, प्रतिभा युवा क्लवका अध्यक्ष सोवित राना, बिष्णुनगर युवा क्लव अध्यक्ष पवन भुर्तेल लगाएतकाले बोल्नु भएको थियो ।
सो अवसरमा कावासोती नगरपालिका न्यायिक समिति सदस्य एवं वडा नम्वर ६ वडा सदस्य यवराज गैह्रे ,वडा सदस्य देवीलाल चापागाई ,वडा सदस्य चुरीकला बस्याल,वडा सदस्य सविता सुनार को उपस्थिति रहेको थियो । कार्यक्रमा उठेका प्रश्नहरुको जवाफ वडाअध्यक्ष यम बहादुर थापाले दिनु भएको थियो । कार्यक्रमकोे सञ्चालन पत्रकार विष्णु गौडेलले गर्नु भएको थियो ।
Leave A Comment