Latest
img

मासुको हड्डी घाँटीमा अड्केर एक जनाको मृत्यु

चितवन- राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका-३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा आज(बुधबार) बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक मासुको हड्डी अड्केर उनी बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

Related Post

Leave A Comment