साउन २९, २०८१ मंगलबार
पूर्वी नवलपरासी- पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक फराकिलो बनाउन आज ५ घण्टा राजमार्ग अवरुद्ध हुने भएको छ । बिनयी त्रिबेणी – २ स्थित दाउन्ने सडकको बाया तर्फको आधा भाग भासिएर एक तर्फि बाटो सुचारु रहेको थियो । सो सडकलाई फराकिलो बनाउन आज अत्यावश्यक वाहेका सवारी सोकी मर्मत कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।
साघुरो बाटोलाई फराकिलो बनाउने कार्य आज बिहान बाट सुरु भएको हुदा अत्यावस्यक जस्तै (एम्बुलेन्स, दमकल )लगायतका सवारी साधन बाहेकका अन्य सम्पुर्ण सवारी साधनहरुलाई उक्त कार्य सम्पन्न नहुदा सम्मको लागि आवत जावत गर्न रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो । विहान साढे ८ बजेदेखि दिउसो २ बजेसम्मको लागि सवारी रोकी सडक फराकिलो बनाउने काम हुने भएको हुदा अन्य सवारीलाई बैकल्पिक मार्गको प्रयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
Leave A Comment