Latest
img

दोस्रो मध्यविन्दु कप फुटबलको उपाधि सनराईज युवा क्लव भूमहिलाई

चोरमारा । दोस्रो मध्यविन्दु कप नकआउट फुटवल प्रतियोगिताको उपाधि सनराईज युवा क्लव भूमहीले जितको छ । आज भएको फाईनल खेलमा राईनो क्लव मध्यविन्दु ४ मदनपुरलाई दुईका विरुद्ध चार गोल गर्दै सनराईज युवा क्लव भूमहि ले उपाधि जितेको हो । यो संगै प्रतियोगिताको बिजेता सनराईज युवा क्लव भूमहि टिमले नगद दुई लाख बाईस हजार दुई सय बाईस रुपैया सहित ट्रफि जितेको छ । प्रतियोगिताको उपबिजेता राईनो क्लव मध्यविन्दु ४ मदनपुरले एक लाख एघार हजार एक सय एघार रुपैया नगद र ट्रफि जितेको छ ।

बिजेता र उपविजेता टिमलाई आज नै प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले पुरस्कार प्रदान गर्नु भएको छ ।असोज १ गते देखि शुरु भएको प्रतियोगितामा राईनो क्लव मध्यविन्दु ४ मदनपुरका गणेश हमाल प्रतियोगितामा कुल सात गोल गर्दै सर्वाधिक गोलकर्ता, सनराईज युवा क्लव भूमहिका बिरेन्द्र सारु मगर उत्कृष्ट गोलकिपर र सनराईज युवा क्लव भूमहिका बिरेन्द्र सारु मगरप्रतियोगिता कै सर्वउत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले स्थानीय स्तरमा रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न स्थानीय स्तरमा आयोजना गरिने प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँल् प्रतियोगिताको नियमितताको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो । प्रतियोगितामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । प्रतियोगितामा मध्यविन्दु नगरपालिकाले प्रथम पुरस्काार, वडा नं. ७ को कार्यालयले दृतिय पुरस्कार सौजन्य गरेको थियो । प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले समेत सहयोग गरेको थियो । प्रतियोगिता समापन कार्यक्रममा विभिन्न संघसंस्था र सहयोगिता दाताहरु सम्मान समेत गरिएको थियो ।

Related Post

Leave A Comment